नेपाल डेरी एसोसिएशनको पृष्ठभूमी

नेपाल डेरी एसोसिएशन २०५५ साल माघ ७ मा स्थापना भई पूर्व मेची देखि पश्चिम महाकाली ७७ जिल्ला ७ प्रदेश सम्म छरिएर रहेका दुग्ध व्यवसायिहरुलाई समेट्दै यस क्षेत्रमा विद्यमान समस्या चुनौति र सम्भावनालाई ग्रहण गर्दै अघि बढ्ने लक्ष्य लिएको दुग्ध व्यवसायिहरुको राष्ट्रिय छाता संगठनको रुपमा रहेको छ । स्थापनाको २० बर्ष पुरा गरि २१ बर्ष प्रवेश गर्न लागिरहेको यस संस्थाले विभिन्न आरोह अवरोह पार गरेको छ र आफ्ना सदस्यहरुको हक हितको लागी हाल देशको ७ वटै प्रदेशमा प्रादेशिक कार्यालय स्थापना गर्दै निरन्तर क्रियाशिल रहदै आईरहेको छ । यस संस्थामा देशभरका २५० भन्दा बढी उद्योगहरु आवद्घ छन् ।

  • प्रादेशिक दुग्ध विकास वोर्ड प्रदेश नं. ३ र ४ मा गठन भईसकेको र बाँकि प्रदेशहरुमा गठन हुने प्रक्रियामा रहेकोले नेपाल डेरी एसोसिएशन प्रादेशिक सरकारलाई धन्यवाद ज्ञापन गर्दछ ।

 

देश भरिको दुग्ध क्षेत्रको पृष्ठभुमि

  •  दुग्ध क्षेत्रको AGDP मा ९ प्रतिशत योगदान
  • रोजगारीको हकमा ५ लाख कृषक परिवार आवद्घ छन् भने ३० हजार भन्दा बढी मानिसले उद्योगस्तरमा प्रत्यक्ष रोजगारी पाएका छन् ।
  • वार्षिक राजश्व १ अर्व भन्दा बढी डेरी सेक्टरले बुझाउने गर्दछ ।
  • दैनिक ३ करोड भन्दा बढी रकम शहरबाट गाउँ प्रवाह भैरहेको छ ।
  • यस क्षेत्रमा २० अर्व भन्दा बढी लगानी उद्योगस्तरमा भएको छ ।
  • जम्मा उत्पादन ५०,००,००० लिटर दुध
  • Formal Sector मा जाने १७ प्रतिशत
  • Informal Sector मा जाने ३३ प्रतिशत
  • कृषक स्वयंले उपभोग गर्ने ५० प्रतिशत

नेपाल एक कृषि प्रधान देश हो तर अहिले ९३ प्रतिशत बाट घटेर ६५ प्रतिशतको हाराहारीमा पुगेको छ । कुनै बेला निर्यात गर्ने हामी आज सबै कुरामा पर निर्भर हुन पुगेका छौं । यो सबै कुराको विकासका लागि विदेशी लगानी भित्र्याउनु राम्रो कुरा हो तर कुनकुन कुरामा विदेशी लगानी ल्याउने कुनमा नल्याउने भन्ने कुरामा हामीले यहाँको अवस्था हेरेर निर्णय लिनु पर्ला जस्तो लाग्दछ । अहिले तत्काल सुन्नमा आएको डेरी क्षेत्रमा भारतको अमुल डेरी नेपालको दुग्ध क्षेत्रमा लगानी गर्ने भन्ने कुरामा हाम्रो नेपाल डेरी एसोसिएशनको सुझाव छ । जसबाट निम्न कुरामा प्रत्यक्ष असर पर्ने देखिन्छ । नेपालको दुग्ध क्षेत्रमा हामी क्रमशः आत्मनिर्भर हुँदै गईरहेको र सरकारले पनि त्यसमा पूर्ण साथ दिईरहेको छ । तत्कालिन पशुपंक्षी विकास मन्त्रालयले ३ वर्ष भित्र दुधमा पूर्ण रुपले आत्मनिर्भर हुने भनी घोषणा गरेर कार्य थालनी गरेको थियो र सोहि अनुसार क्रमशः जिल्लाहरुलाई आत्मनिर्भर घोषणा पनि गरिसकेको छ । दिन प्रतिदिन यो क्षेत्रमा आकर्षण बढ्दो छ । आयात कम हँुदै गएको छ साथै ठुला ठुला उद्योगहरु आफ्नै लगानीमा आउँदै छन् । प्रचुर सम्भावना बोकेको क्षेत्रमा विदेशी लगानी आउँदा स्वदेशी उद्योगहरु धरासायी हुँदै जानेछन् र पछि पूर्ण बन्द हुनेछन् । त्यसैले यो दुग्ध क्षेत्रमा तत्काल विदेशी लगानी आवश्यक नभएको देखिन्छ ।