विश्व स्कुल दूध दिवस

काठमाडौं, असोज १२ । विश्व स्कुल दूध दिवस शुक्रबार विविध कार्यक्रम गरी नेपालमा पनि मनाइएको छ । सन् २००० देखि विश्व स्कुल दूध दिवस मनाउन थालिएको भए पनि योसँगै नेपालमा तेस्रोपटक मनाइएको हो ।
दुग्ध विकास संस्थान, नेपाल डेरी एसोसिएसन तथा केन्द्रीय पशुपन्छी पालन सहकारी संघको संयुक्त आयोजनामा त्रिरत्न स्कुल स्वयम्भु भगवानपाउमा विशेष कार्यक्रम गरिएको थियो । कृषि तथा पशुपन्छी राज्यमन्त्री रामकुमारी चौधरीको प्रमुख आथित्यमा भएको सो कार्यक्रममा विभिन्न विद्यालयका विद्यार्थीलाई दूध खुवाएर मानव शरीरमा दूधको महत्व र पौष्टिक आहरका विषयमा जानकारी दिइएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *